विविध शीर्षकमा सामान्य छलफल गरेर राज्यका निर्देशक सिद्धान्त समितिको बैठक स्थगित
काठमाडौँ । परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि आजका लागि बोलाइएको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक मुल विषय छोडेर विविध शीर्षकमा सामान्य छलफल गरेर स्थगित भएको छ ।
समितिले आजको बैठकमा अमेरिकाको राज्य साझेदारी कार्यक्रम (एसपीपी) लगायतका विषयमा छलफल गर्न पररराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्मालाई बोलाएको थियो ।
सो बैठकमा आमन्त्रण गरिएका तीनै जना उपस्थित नभएपछि आजको बैठकमा विविध शीर्षकमा सामान्य छलफल गरेर स्थगित गरिएको सभापति निरुदेवी जैरुले जानकारी दिनुभयो ।
सभापति जैरुले परराष्ट्रमन्त्री खड्काले बैठक सुरु हुनुभन्दा पन्ध्र मिनेट अघि आकस्मिक काम परेकाले उपस्थित हुन नसक्ने जानकारी गराएको र रक्षा सचिव शर्माले परराष्ट्र मन्त्री उपस्थित भएमा आफु उपस्थित हुने जानकारी गराएको समितिलाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्