तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु 

जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१  बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।मृत्यु हुनेमा रारा छायाँनाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् ।

सुर्खेतबाट मुगुका लागि छुटेको  लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भएपछि दुर्घटना भएको डिएसपी चन्दको भनाई छ ।

दुर्घटनामा घाइते हुनुभएका गाडी चालक दल बहादुर बुढाको अवस्था पनि गम्भीर रहेको उहाँले जानकारी दिनुभयो  । बुढाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ ।

गाडीमा चालक सहित ६ जना सवार थिए । अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button