तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक रक्तश्राप भएकी महिलाको हेलिकप्टरद्वारा उद्धार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा अत्यधिक रक्तश्राप भएकी २३ वर्षीय महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

फालेलुङ– ७ की जानुका ठटालको पाठेघर बाहिर डिम्ब बाहिनी नलिमा बसेको गर्भका कारण नली फुटेर रक्तश्राप भई मरणासन्न अवस्था आएपछि हेलिकप्टरबाट उपचारका लागी विराटनगर पठाइएको छ ।

दुई साता अगाडी पेट दुखेर पाँचथर अस्पताल आएकी ठटालको परिक्षण गर्दा पाठेघर बाहिर बच्चा रहेको पाइएपछि उपचारको लागी मेची अस्पताल झापा लगिएको थियो । मेची अस्पतालले बी.एण्ड.सी अस्पतालमा रेफर गरेपछि खर्च अभाव भएर घर फर्काइएको परिवार श्रोतले जनाएको छ । 

अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गतको हेलिकप्टर मगाएर विराटनगर पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button