तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

file photo

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ । 

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button