तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको भुवनपोखरीमा जीप दुर्घटना दुई घाइते

पाल्पा।पाल्पाको भुवनपोखरीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ९ बजेको समय तिर भुवनपोखरीको झिरुवासबाट तानसेन तर्फ आउँदै गरेको लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरी चौकी मुझुङ्गका प्रमुख सोम बहादुर सारुले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनेहरूमा रैनादेबी छहरा ३ अमिलेकी बर्ष ५९ की जुनकला पोखरेल र सोही स्थानकी बर्ष ४६ की कमला आले रहेको प्रहरीले जनाएको छ । पोखरेलको अवस्था गम्भीर रहेको छ ।

जीप रोकी राखेको अवस्थामा अचानक चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागी तानसेन ल्याइँदै छ । दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button