शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी: मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताउनुभएको छ ।

हिमाक्क्षरा र शिक्षालय म्यागेजिनको संयुक्त आयोजनामा आज काठमाडौँमा सम्पन्न १४ औँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको समापन समारोहमा मन्त्री भुसालले गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासहरूलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा नेपालका पूर्व राष्ट्रपति डा रामवरण यादव प्रेसिडेन्ट इन्टरनेश्नल अवार्डबाट शिक्षा पत्रकारद्धय प्रकाश सिलवाल र प्रकृति अधिकारीलाई सम्मानित गरिएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा नेपाल, भारत फ्रान्स, होल्याण्ड, साउदी अरब र कुवेत लगायतका १० देशका शिक्षा विषयका विज्ञहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्