तपाईँ सुन्दै हुनुहुन्छः

झापामा असार महिनामा थपिए १३ हजारभन्दा बढी मतदाता

भद्रपुर, झापा । गत असार महिनामा झापामा १३ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार असार मसान्तसम्ममा झापामा १३ हजार ७४४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

निर्वाचन आयोगका अनुसार जिल्लागत तहमा सबैभन्दा बढी मतदाता झापामा थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button