युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले ग्याँस प्रयोगमा कटौती गर्ने

काठमाडौं । रुसले युरोपेली सङ्घलाई गर्ने ग्याँस निर्यातमा भारी कटौती गर्ने भए पछि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले पनि ग्याँस प्रयोगमा कटौती गर्ने भएका छन् ।
एक साता भन्दा बढीको छलफल पछि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले अगस्ट देखी मार्च महिना सम्म हुने ग्यासको प्रयोगमा १५ प्रतिशतले कमी ल्याउने निर्णय गरेको बिबिसीले जनाएको छ ।
हाल स्वैच्छिक रहेको त्यस प्रावधान ऊर्जा सङ्कट परेमा अनिवार्य रूपमा लागु गरिने अधिकारीहरूले जनाएका छन् ।
ग्यासको प्रयोगमा कमी गरिने प्रावधानबाट केही देशहरूलाई भने छूट दिइने युरोपेली सङ्घले जनाएको छ ।
माल्टा, साइप्रस, आयरल्यान्ड जस्ता वैकल्पिक ऊर्जा स्रोत नभएका सदस्य राष्ट्रहरूले भने त्यस प्रावधान लागु गर्न नपर्ने युरोपेली सङ्घले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्