आज एकै दिन ६ सय ३८ मा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । आज एकै दिन देशभरि कोरोनाबाट ६ सय ३८ जना संक्रमित भएका छन् ।
५ हजार ५५ नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणलाई जितेर २ सय १८ जना घर फर्किएका छन् ।
कोरोना संक्रमण बढेपछि ३ हजार ७ सय १४ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण सङ्ख्या पुनः बढ्न थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्