तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको कुपिण्डे तालमा एक युवा बेपत्ता 

सल्यान । सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षको वेद बहादुर बस्नेतले बेपत्ता भएका हुन । 

मङ्गलवार दिउँसो साथीहरूसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा उनी तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button