तपाईँ सुन्दै हुनुहुन्छः

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ: अध्यक्ष नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनुपर्नेमा जोड दिनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजीविकाको झन्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हरिबहादुर चुमान, अधिवक्ता तिलक पराजुली लगायतले नेपाली राजनीतिलाई उलटपुलट गर्ने पुष्पलालका विचारलाई परिवर्तनका अभियन्ताले आत्मसात् गर्नुपर्ने र योगदान कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button