पाल्पा बस दुर्घटना, मृतक ६ जनाको सनाखत

पाल्पा ।आइतबार बेलुका बाग्लुङ्गको बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पाको रिब्दिकोट गाउँपालिका– २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका ८का १५ वर्षीय प्रवेश काफ्ले,गुल्मी मुसिकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल,रुपन्देही देव दह ७ की ८७ वर्षीय डिलसरी कामी,कपिलबस्तु बाणगंगा नगरपालिका २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै,नवलपरासी बर्दघाट ५ की २४ वर्षीय पूर्णिमा कामी र बागलुङ बडिगार्ड गाउँपालिका १० की ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घाइतेहरूको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तीव्र गति तथा साँगुरो,चिफ्लो सडकको कारण भएको प्रहरीको अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्