तपाईँ सुन्दै हुनुहुन्छः

१६ वर्षपछि फरार अपराधी पक्राउ

सिन्धुपाल्चोक । अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साबिक स्याउले गा.वि.स–९ हाल चौतारा साँगाचोकगढी न.पा–१ बस्ने वर्ष ४६ का गेदबहादुर कार्कीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०६३ मङ्सिर २६ गतेको फैसलाले कुटपिट, अङ्गभङ्ग मुद्दामा फरार रहेका उनलाई १६ वर्षपछि शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद सजाय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button