तपाईँ सुन्दै हुनुहुन्छः

विल विजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले वीरगन्जबाट बिल बिजक भन्दा ३१ लाख २० हजार बढीको विद्युतीय तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले गए राति ११ बजे वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित सडकखण्डमा ना.३ ख २५६ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल बिजक भन्दा बढी देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका विद्युतीय सामग्री तथा खुद्रा सामान फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

ट्रकसहित सामानको ३१ लाख २० हजार रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button