तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा एकैदिन ३० जनामा कोरोना सङ्क्रमण

पाल्पा । पाल्पामा एकै दिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ सय १५ जनामा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकाका १८ जना, रम्भा गाउँपालिकाका ५, माथागढी गाउँपालिकाकाका ३, रैनादेवी छहरा गाउँपालिकाकाका २, निस्दी गाउँपालिका र बगनासकाली गाउँपालिकाकामा १/१ जना गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जनकारी दिनुभयो ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा गरिएको परीक्षणका क्रममा ३० जना कोरोना सङ्क्रमित देखिएको गिरीले बताउनुभयो । पीसीआर परीक्षणमा तीन र एन्टिजेन परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि जिल्लामा शून्य रहेको कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या यो सँगै ३० जना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button