मेची भन्सारद्वारा लक्ष्यभन्दा बढी राजश्व असुली
झापा । देशको पूर्वी सीमा नाकामा रहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।
कार्यालय सो आर्थिक वर्षमा १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताउनुभयो ।
भन्सारले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १११.२८ प्रतिशत राजस्व असुली गरेको ओलीले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ र सुपारीको आयात बढी भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्