तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो । 

शनिबार दिउँसो  साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको  स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्करबाट सख्त घाइते बालिकाको  उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।  चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button