तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

अछाम । अछाममा सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–१ भुलुकी कृष्णा बि.क.को हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।

तुर्माखाँद गाउँपालिका–२ भुलू स्वास्थ्य चौकीमा लामो समयसम्म सुत्केरी बिराम लागि सुत्केरी हुन नसकेकी बि.क.लाई राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत हेलिकप्टरद्वारा उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button