तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर थप ४५६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार १६८ जनाले पिसिआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

सो अवधिमा तीन लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ रहेको छ । 

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेसनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियु २२ जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दाबढी सङ्क्रमित रहेको ललितपुर रहेको छ । 

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डडेलधुरा रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button