तपाईँ सुन्दै हुनुहुन्छः

राहदानी बनाइदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने ६ जना पक्राउ

बीरगंज  ।  राहदानी अर्थात् पासपोर्ट बनाई दिने भन्दै सर्वसाधारणलाई अनलाइन फारम भर्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो बीरगंजको घण्टाघरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी ६ जनालाई पक्राउ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । 

पक्राउ परेका अभियुक्तहरूलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिनुभयो । 

अभियुक्तहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी बनाउन आएका सर्वसाधारणसँग अनलाइन फारम भर्ने बाहानमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको तथा तत्काल पासपोर्ट बनाई दिने भन्दै प्रशासनको नाममा अनधिकृत रुपमा रकम माग गरी ठगी गरेको भेटिएको गुनासो सेवाग्राहीबाट आएपछि निजहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button