तपाईँ सुन्दै हुनुहुन्छः

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

सोल ।  दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एक सय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । 

योसँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौ सय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चार सय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ । 

सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सात सय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button