सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्याङकी २६ वर्षीया माया तामाङको आज बिहान हेलिकप्टरबाट उद्दार गरिएको हेलम्बु–५ का वडाध्यक्ष दिप कुमार तामाङले बताउनुभयो । उहाँका अनुसार सुत्केरी तामाङको बच्चाको भने मृत्यु भइसकेको छ ।
तामाङको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौं पठाउनु भएको थियो ।
उहाँसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमा काठमाडौं पठाइएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्दार गरिएको उहाँले जानकारी दिनुभयो । यसै बीच बाढीले अवरुद्ध हेलम्बु मेलम्ची सडक सुचारु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्