खाली जग्गामा वृक्षारोपण गर्दै समुदायलाई हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय
दाङ । डिभिजन वन कार्यालय दाङले खाली जग्गामा वृक्षारोपण गर्दै समुदायलाई हस्तान्तरण गरिरहेको छ ।
अतिक्रमण हटाएर वर्षौँदेखि चर्ची रहेको जग्गामा वृक्षारोपण गरेर कार्यालयले समुदायलाई हस्तान्तरण गर्न थालेको हो ।
कार्यालयले घोराही उपमहानगरपालिका–१६ मघैमा वर्षौँदेखि अतिक्रमणमा परेको बन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक बनका रुपमा हस्तान्तरण गरेको छ ।
दाङको सदरमुकाम घोराहीको नजिक रहेको र पर्यापर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रलाई आगामी दिनमा डिभिजन बन कार्यालय, स्थानीय तह तथा समुदायको संयुक्त पहलमा सहरी पार्कका रुपमा विकास गरी आन्तरिक पर्यापर्टनलाई प्रवद्र्धन गर्दै लैजाने लक्ष्य रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
डिभिजन बन कार्यालयले अतिक्रमण हटाई व्यवस्थापन कार्यक्रमबाट बस्तीको बिचमा रहेको अतिक्रमणका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको र वर्षौँदेखि अनधिकृत रुपमा अतिक्रमण गरी जोतभोग समेत भइरहेको ३ दशमलव ८५ हेक्टर बनमा काडे तारबार गरेर स्थानीय समुदायलाई मघै सामुदायिक बनका रुपमा हस्तान्तरण गरिएको छ ।
वन क्षेत्रलाई खनजोत गरी उपभोग गरिएको उक्त क्षेत्रलाई अतिक्रमण हटाएर करिब ८ सय मिटर तारबार गरी २ हजार ४ सय बिरुवा रोपिएको र अरू पनि बिरुवा रोप्ने क्रममा रहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
उक्त स्थानमा कपुर, कल्की, तेजपात, असना, खयर, सिसौलगायतका प्रजातिका बिरुवा लगाइएको छ । डिभिजन बन कार्यालय दाङले पछिल्लो एक वर्षमा अतिक्रमणको चपेटामा परको करिब ७ हेक्टर बन क्षेत्र अतिक्रमण हटाई पुनः बन क्षेत्र कायम गराएको कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्