तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । 

जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । 

३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ । 

गुरुङ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button