तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचनमा कम क्षति हुने गरी गठबन्धन हुन्छ : नेता कोइराला 

चितवन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आगामी संघीय निर्वाचनमा काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन कसरी गर्ने या नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । 

“गठबन्धन गर्दा काँग्रेसलाई कस्तो असर पर्छ र गठबन्धन गरे पनि कम क्षति हुने गरी हुन्छ र हुनुपर्छ ।”, उहाँले भन्नुभयो ।

गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरी पनि काँग्रेसको हातबाट फुस्किने निश्चित हो भन्ने जिज्ञासामा उहाँले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिनुभयो  ।

उहाँले नेपाली काँग्रेसको केन्द्रिय समितिको जारी बैठकमा सङ्घीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको भन्नुहुँदै कसैले पनि आफ्नो धारणा विचार राख्न सकिने बताउनुभयो । “बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा होइन ।” उहाँले भन्नुभयो । 

स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भइरहेको समेत उहाँले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button