तपाईँ सुन्दै हुनुहुन्छः

नामिबियासँग बदला लिने दाउमा नेपाल

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै बदला लिने दाउमा छ । पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

अंक तालिकामा नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारसहित १७ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button