विद्युतगृह भासिँदा एकै घरका तीन जनाको मृत्यु
जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिही स्थित भित्री खोला लघु जलविद्युत आयोजनाको विद्युत् गृह भासिएर भत्कीदाँ एकै घरका तीन जनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृह भासिँदा एकै घरका आमा, २ दुई छोरासहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा आमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिनुभयो ।
उक्त विद्युत् गृहका चौकीदार विमलाका श्रीमान् गोरख बहादुर रावत हुन् । श्रीमान् गाउँको काममा जाँदा कहिलेकाही श्रीमतीले ड्युटी गर्दै आउनु भएको थियो ।
बिहीबार राती विद्युत् गृहमा २ छोरा आमा सुतिरहेकै अवस्थामा विद्युत् गृह भासिएपछि घटनास्थलमै उहाँहरुको मृत्यु भएको भट्टले जानकारी दिनुभयो ।
घटना स्थलतर्फ जिल्ला प्रहरी कार्यालयको टोली गएको छ । शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्