नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा नियुक्त सिटौला र झाद्वारा शपथ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त हुनुभएका रवीन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा शपथ गराउनुभएको छ ।
त्यस अवसरमा मन्त्री कार्कीले सूचना प्रविधि क्षेत्रमा मुलुकको भविष्य रहेकाले दूर सञ्चार प्राधिकरणलाई व्यवस्थित बनाउन नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो ।
मन्त्रिपरिषद्ले प्रविधितर्फ रवीन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौलालाई प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्