पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिकामा पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको ज्यान गएको छ ।
मंगलबार दिउँसो पोखरीमा डुबेर कञ्चनपुर नगरपालिका–५ का शुकदेव सदाकी १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालिकाहरू सोही ठाउँका दीपक चौधरीको पोखरीमा नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयले जनाएका छन् ।
सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा ज्यान गएको थियो भने रजनीको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्