तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दै  

congress-flag

काठमाडौं  । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ  । 

हिजो देखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने छ ।

हिजोको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरिएको छ ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत सरकारको काम कारबाईका विषयमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button