तपाईँ सुन्दै हुनुहुन्छः

हदम्याद नराखे सबै कुरा सकिन्छ र राखे सबै जेल जान सक्छन् भन्नु गलत : कानूनमन्त्री

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सरकार न्याय इन्कार गर्ने सवालमा नभएको स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि  सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले हद म्याद नराख्दा सबै कुरा सकिन्छ र हद म्याद राख्यो भने सबै मानिसहरू जेल जान सक्छन् भन्नु कुरा गलत भएको स्पष्ट पार्नुभयो । 

विधेयकमाथि सांसदहरू  चित्रलेखा यादव, डा. डिला सङ्ग्रौला, डा. बिन्दा पाण्डे, गोमा देवकोटा, सत्या पहाडी, अन्जनाकुमारी विशुंखे, झपटबहादुर रावल, प्रेम सुवाल, रंगमती शाहीलगायतले दण्ड सजाय र हदम्यादको समय बढाएर मात्रै यौनजन्य हिंसाका घटना कम नहुने हुँदा  अन्तर्राष्ट्रिय कानुनहरू अध्ययन गरेर नयाँ कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button