तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ नेता लिउबाट पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास

काठमाडौँ।नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले आज गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्नुभएको छ ।

प्रमुख लिउले मेलम्ची खानेपानी आयोजनाको सुरुङ नजिक निर्माण हुने शालिकको शिलान्यास गर्नुभएको हो । आइतबार नेपाल आउनुभएका प्रमुख लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रमुख लिउले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button