तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिक र पंजिकरण विभागको सम्बन्ध सुमधुर रहनुपर्छ’

बारा । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जन्मदर्ता नागरिकतासँग परिचय पत्रको सम्बन्ध रहेको हुँदा सुरुमा नै त्यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभएको छ । 

बाराको कलैयास्थित रहेको करणराज प्यालेसमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता सरकार र नागरिकको भूमिका विषयक जिल्ला स्तरीय सार्वजनिक सुनवाइ कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक भट्टराईले राष्ट्रिय परिचयपत्रलाई अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बारामा र ईलाका प्रशासन कार्यालयहरू सिमरा, सिम्रौनगढ, कोल्हवीमा जनशक्ति परिचालन गरी थप युनिटको व्यवस्था चाँडै गर्ने बताउनुभयो । 

सामाजिक सुरक्षा भत्तालाई महिना÷महिनामा नै दिने गरी कामको गृहकार्य सुरु भएको उहाँले बताउनुभयो । 

असारे विकासलाई निरुत्साहित गर्दै कानुनले तोकेको अनुसार काम गर्न कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले नागरिक र पंजिकरण विभागको सम्बन्ध सुमधुर रहने कुरामा जोड दिनुभयो । 

बैङ्किङ सेवालाई प्रभावकारी बनाउनका लागि गाउँ गाँउमा घुम्ती सेवा निर्माण गरी सेवा प्रभाव गर्नुपर्ने उहाँको सुझाव छ । 

गृह मन्त्रालयका सहसचिव गृसम कुमार भुसालले नागरिकको आवाजलाई सम्बोधन हुने गरी कानुन बनाउन सरकार तयार रहेको बताउनुहुँदै नागरिकका गुनासाहरू कानुनसम्मत रुपमा सम्बोधन हुने कुरामा कुनै कमी नहुने प्रतिबद्धता जाहेर गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button