तपाईँ सुन्दै हुनुहुन्छः

विकासलाई प्राथमिकता दिइन्छ: मन्त्री यादव

वीरगञ्ज । नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा भव्य स्वागत गरिएको छ ।

मन्त्री नियुक्त भए पश्चात् पहिलो पटक वीरगञ्ज पुग्नुभएका मन्त्री यादवलाई शनिबार कार्यकर्ता र स्थानीयले भव्य तरिकाले वीरगञ्जमा स्वागत गरेका हुन् ।

यसैबिच नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा ५१ किलोको माला लगाएर सम्मानित गरिएको छ ।

मन्त्री नियुक्त भएपश्चात् पहिलो पटक वीरगञ्ज पुग्नुभएका मन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा ५१ किलोको माला लगाएर सम्मानित गरिएको हो ।

सम्मान पश्चात् आयोजित कार्यक्रममा मन्त्री यादवले आफूसँग समय कम रहेकोले पर्साको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनको मुखमा भए पनि आफ्नो पार्टीले पर्सालाई मन्त्री पद दिएर सम्मान गरेकोमा आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button