न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

काठमाडौँ।न्याय परिषद्को शुक्रवार बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्