तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको छ ।

सभामा गृहमन्त्री बालकृष्ण खाणले “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङ्गले औषधी (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार २३ गते दिनको दुई बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button