स्वतन्त्र सेनानी पत्रकारिता सम्मानमा रासस अध्यक्ष झा सम्मानित
पाँचथर । स्वतन्त्र सेनानी पत्रकारिता सम्मानमा राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाँचथरले प्रदान गर्दै आएको सम्मानमा अध्यक्ष झा सम्मानित हुनुभएको हो । झालाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

महासङ्घले प्रजापति जल्पादेवी खेलकुद पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका सम्वाददाता विजयवोध लावतीलाई नगद १० हजार रुपैयाँ, हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका सम्वाददाता खविन लुइँटेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ ।
यस्तै उत्कृष्ट फिचर लेखनमा कान्तिपुरका सम्वाददाता लक्ष्मी गौतम र उत्कृष्ट फोटोमा राससका सम्वाददाता रवीन्द्र काफ्लेलाई नगद ५०० रुपैयाँसहित सम्मान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ पाँचथरले एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान तथा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । कार्यक्रम महासङ्घ केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्