झापामा विरिङ खोलाले बगाउँदा बालकको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड–५ अतिथि सदनका नवीन ओलीका ६ वर्षीय छोरा सर्वजित ओली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो बिरिङ नदी नजिकैको वनभोज स्थलमा बुबासँग घुम्न गएका बालक दिउँसो सम्पर्कविहीन भएका थिए । खोजतलास गर्ने क्रममा बालकलाई उनका बुबाले नै करिब पाँच सय मिटर पर खोला किनारमा मृत फेला पारेको प्रहरीले जनाएको छ ।
कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको र घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्