चिनियाँ नागरिकहरूले चलाइरहेको कम्पनीमा प्रहरीको छापा, तीन जना पक्राउ
कास्की । पोखराको ड्याम साइडमा चिनियाँ नागरिकहरूले चलाइरहेको कम्पनीमा अवैध गतिविधिको आशङ्कामा प्रहरीले छापा मारेको छ ।
अवैध गतिविधि गरेको आशङ्कामा प्रहरीले बिहीबार दिउँसो छापा मारी तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती चिनियाँहरूले सूचना प्रविधि आइटी सम्बन्धी कम्पनीमार्फत मानिसहरूलाई जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएका थिए । प्रहरीले उनीहरूले अन्य अवैध गतिविधि गरे ÷नगरेको बारे अनुसन्धान सुरु गरेको छ ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले तीन चिनियाँ नागरिकलाई सोधपुछ तथा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पक्राउ परेका चिनियाँ नागरिकहरू नेपाल बस्दा कुन प्रयोग गरेको भिसा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्