तपाईँ सुन्दै हुनुहुन्छः

तंग्राममा चट्याङ लागेर  एक महिलाको मृत्यु 

बागलुङ । चट्याङले लागेर जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामकी एक महिलाको मृत्यु भएको छ । 

तंग्रामको फापरखेतकी २८ वर्षीया सुस्मा पुनको मङ्गलवार राती चट्याङले लागेर मृत्यु भएको हो ।

घरकै भान्छा कोठामा खाना बनाइरहेको अवस्थामा  चट्याङले लागेर घाइते भएकी पुनको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पु¥याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो  । 

त्यस्तै बागलुङकै गलकोट नगरपालिकामा वर्षासँगै आएको बाढी र पहिरोका कारण एक घर भत्किएको छ । गलकोट नगर पालिका– ११ रिघाका ८३ वर्षीय कृष्ण बहादुर कामीको घर पहिरोले भत्काएको हो । मङ्गलवार रातीको समयमा घरभन्दा ६० मिटर माथिबाट आएको पहिरोले घर भत्काइदिएको रानाले जानकारी दिनुभयो  ।

 वडा अध्यक्ष डम्बर बहादुर श्रीषका अनुसार उहाँको घरमा रहेका अन्नपात, लत्ताकपडा लगायतका सामग्री  पहिरोले पुरेको छ । घरमा रहेका सामग्री निकाल्ने र उद्धारको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button