तपाईँ सुन्दै हुनुहुन्छः

दोहोरो नागरिकताधारी शर्मा पक्राउ

सुनसरी । लामो समयदेखि नेपाल र भारत दुवै देशको नागरिकता लिएर राज्यलाई गुम्राहामा पार्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोहोरो नागरिकताको आरोपमा सुनसरी इनरुवाका १ जना व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

झुटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको प्रहरीको भनाई छ ।

नेपालको नागरिकता नम्बर ७८१७र००३ रहेको छ । शर्माले अहिलेसम्म भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेका शर्माको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा नारायण निवास घर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button