पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ अघि बढाइएको छ : मन्त्री यादव

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले पशु स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ अघि बढाइएको बताउनुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा मन्त्री यादवले पशु स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित गर्न विधेयक अघि बढाइएको बताउनुभयो ।
उहाँले लामो समयदेखि समितिमा रहेको उक्त विधेयक चाडै ऐनको रुपमा आउन सके यसले तीनवटै तहमा काम गर्ने पशु स्वास्थ्य क्षेत्रका जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
समितिले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ माथिको सैद्धान्तिक छलफल सकेर आजदेखि दफावार छलफल सुरु गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्