तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बोराभित्र पुरुषको शव फेला

भद्रपुर, झापा।झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा हिजो बेलुका शव फेला परेको हो ।

ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ । टाउकोमा गम्भीर चोट लागेको छ । करिब ४५ वर्षीय ती पुरुषको पहिचान खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button