वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जोड
सुनसरी । सुनसरीका सरोकारवालाहरूले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जोड दिएका छन् ।
आज आइतबार एसडीसी स्विस सरकारको सहयोग तथा श्रम मन्त्रालयको मातहतमा रहेको सुरक्षित आप्रवासन परियोजनाको अन्तरक्रियामा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।

सामी परियोजनाको प्रहरी अभिमुखीकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख भए अनुरूपको स्वास्थ्य सेवा सुविधा, बिमा र क्षतिपूर्तिको व्यवस्थाको बारेमा र त्यसको प्रावधानहरूको जानकारी लिएर विदेश जानुपर्ने बताउनुभयो ।
इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नागरिकहरू वैदेशिक रोजगारमा नाममा ठगीमा पर्ने क्रम बढिरहेकाले सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले वैदेशिक रोजगार र प्रहरीमा आएको त्यससम्बन्धी उजुरीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा कार्यरत ३० जना प्रहरीहरूको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्