कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
टीकापुर कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रोपाइँका लागि सिँचाइ गर्ने क्रममा करेन्ट लागेर भजनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय परदेशी डगौरा रहेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ आफ्नै खेतमा रोपाइँका लागि सिँचाइ गर्ने क्रममा उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका डगौरालाई उपचारका लागि भजनी स्वास्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्