सप्तरीका १३ पालिकाको सभा सम्पन्न
सप्तरी । सप्तरीका १३ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै आफ्नो नगर तथा गाउँसभा एकसाथ शुक्रवार सम्पन्न गरेका छन् ।
कूल १८ पालिकामध्ये सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साईन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिका गरी ५ स्थानीय तहको गाउँसभा हुन नसकेको स्थानीयले बताएका छन् । तयारी नपुगेकोले गाउँ तथा नगर सभा गर्न केही दिन ढिलो हुने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । उनीहरूले तीव्रताका साथ गृहकार्य भइरहेकोले चाँडै सभा सम्पन्न गर्ने दाबी गरे ।

सप्तरीमा कंचनरुप नगरपालिका, तिरुहुत गाउँपालिका, अग्निसाईर कृष्णासवरन गाउँपालिका, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम पारित गर्दै नगर/गाउँसभा सम्पन्न गरेका छन् । यसैगरी रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिकाको सभा सम्पन्न भएका छन् ।
सरकारले असार १० गतेभित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नुपर्ने सर्कुलर जारी गरे पनि सप्तरीका ५ स्थानीय तह असफल भएका हुन् ।






प्रतिक्रिया राख्नुहोस्