तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका ६ टाउन निवासी केशव राना मगरका छोरा २ वर्षीय मनिष राना मगर मङ्गलवार मोटरसाइकलको ठक्करबाट घाइते भए लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार सोही वडाको ङ गाउँ बस्ने १७ वर्षीय मनिष सुनुवारले चलाएको यु पी ३१ के ८१३० भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । सडक छेउमा खेलिरहेका बालकलाई तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ ।

मोटरसाइकल चालक मनिष सुनुवारलाई फरार हुँदै गर्दा भारतीय सीमा नजिकबाट र पछाडि सवार लक्ष्मण सुनुवारलाई घटनास्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button