तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापनबारे स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापनका लागि नगरपालिका पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

गैरसरकारी संस्था महासङ्घ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा आयोजना गरेको विपद् व्यवस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया कार्यक्रममा उहाँले नगरवासीलाई विपत्तिबाट कसरी जोगाउने र प्राकृतिक विपत्ति आइहालेमा कसरी जनधनको क्षति हुनबाट रोक्ने तथा खोज, उद्धार र राहत वितरणको काम तत्काल गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला विश्वकर्माले विपद् जोखिम न्यूनीकरण गर्न सबै नगरपालिका योजनाबद्ध रुपमा तयारीमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मनोज थापाले स्थानीय तहमा प्राकृतिक जोखिमको अवस्था, व्यवस्थापनको चुनौती, तयारी र सरकारले व्यवस्थापन गरेको नीतिलगायतका स्थानीय सरकारले चाल्नुपर्ने कदमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button