९ औँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ९ औँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको आयोजना गर्ने भएको छ ।
यही असार १२ गते तीन दिनसम्म हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक र नीति निर्माताहरूको सहभागिता रहने नास्टका प्रवद्र्धन महाशाखा प्रमुख लुना वज्रले जानकारी दिनुभयो ।
सम्मेलनमा स्वास्थ्य र चिकित्सा विज्ञान, खाद्य सुरक्षा वन र कृषि, जलवायु परिवर्तन,स्वदेशी ज्ञान र प्रविधि, अन्तरिक्ष विज्ञान, विज्ञानमा कला र अध्यात्म लगायत २० शीर्षकका १५ वटा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत हुने प्रमुख वज्रले बताउनुभयो ।
समाजका लागि विज्ञान र समृद्धिका लागि नवप्रवर्तन भन्ने नारा दिइएको सम्मेलनले समाजलाई विज्ञानसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्