तपाईँ सुन्दै हुनुहुन्छः

चाँडै नै शिक्षा ऐन संसदमा लगिने 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले समयमै सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा नयाँ  छपाइ मेसिन थप गरेर पुस्तक छपाइ गर्दा  पनि विद्यार्थीले अझै पाठ्यपुस्तक नपाउनु दुखद भएको बताउनुभयो । 

मन्त्री पौडेलले नयाँ संविधानअनुसार सङ्घीय शिक्षा ऐन र अन्य चार शैक्षिक विधेयकका मस्यौदा तयार गरी अर्थ मन्त्रालय, काूनन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत निकायमा पठाउँदा समयमा राय तथा समर्थन प्राप्त नभएकाले ती विधेयक संसद्मा पेश गर्न ढिला भएको बैठकमा स्पष्ट पार्नुभयो । 

बैठकमा सांसद्हरु मानबहादुर विश्वकर्मा, योगेश भट्टराई, सरिता न्यौपाने, जीवनराम श्रेष्ठ, हितबहादुर तामाङ, अञ्जना विसंखे, जगतबहादुर विश्वकर्माले वर्षेनी पाठ्यपुस्तक अभाव हुन नदिन दीर्घकालीन समाधानका उपाय खोजिनुपर्नेमा  जोड दिनुभयो । 

समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसदमा पेश गर्न  र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button